• 1:45 am

टर्कीका भूकम्पपीडितलाई पठाइयो स्वास्थ्य सामग्री र न्यानो कपडा

प्रकाशित मिति

२०७९ फाल्गुन १ गते, सोमबार १२:३७

turkey 3

१ फागुन २०७९, काठमाडौँ: नेपाल सरकारले टर्कीका भूकम्पपीडितलाई सोमबार स्वास्थ्य सामग्री र न्यानो कपडा पठाएको छ। टर्कीमा चिसो बढेसँगै त्यहाँको तापक्रम माइनस १० डिग्रीमा झरेको छ । टर्की सरकारको मागअनुसार ती सामग्री पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताए ।


टर्किस एयरलाइन्सबाट सोमबार बिहान ती सामग्री टर्की पठाइएको हो । शुक्रबार नै पठाउने भनिए पनि टर्कीले क्लियरेन्स दिन समय लगाएपछि ढिला भएको थियो । नेपालले टर्कीलाई औषधिहरू, स्वास्थ्य उपकरणहरू र न्यानो कपडा पठाएको छ। लगातार वर्षा र हिउँ परिरहेको कारण भूकम्पपीडितको अवस्था दयनीय बन्दै गएको छ।


भूकम्पपीडितको उपचारमा आवश्यक औषधि, स्वास्थ्य उपकरण र न्यानो कपडाहरूमा ब्ल्यांकेट, ज्याकेट र ट्रयाकसुट पठाइएको हो। टर्की सरकारले ती सामग्री तत्काल आवश्यक रहेको भन्दै परराष्ट्र मन्त्रालयमार्फत लेखी पठाएको थियो।


टर्कीका लागि ती सामग्री नेपाल सरकारको गोदाममा भएका र नेपाल रेडक्रसलगायत निजी क्षेत्रबाट संकलन गरेर पठाइएको हो।

प्रतिकृया