• 3:45 am

सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय बस र चार्जिङ मेसिन बन्द

प्रकाशित मिति

February 6, 2023

२३ माघ २०७९, काठमाडौँ:  सुन्दर यातायातले सञ्चालन गर्दै आएको विद्युतीय चार्जिङ स्टेशन र विद्युतीय गाडी अाजदेखि नचलाउने भएको छ । सुन्दरले आईतबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकार र विद्युत प्राधिकरणको असहयोगका कारण चार्जिङ स्टेसन र विद्युतीय सवारी साधन बन्द गर्ने चेतावनी दिएको छ । काठमाडौं सहित देशका ठूला सहरमा सार्वजनिक विधुतीय सवारीसाधन सञ्चालन गर्दै आएको सुन्दर यातायातले, यातायात सञ्चालनमा सरकारले असहयोग गरेको भन्दै सवारी साधन नचलाउँने चेतावनी दिएको हो ।


हिजाे सुन्दर यातायातले सरकारलाई २४ घण्टाको अल्टिमेटम दिएको थियाे । २४ घण्टाभित्र डिमान्ड शुल्क नहटाए बाध्य भएर चार्जिङ स्टेशन र विद्युतीय सवारी साधन सञ्चालनमा रोक लगाउने विज्ञप्तीमा उल्लेख गरेकाे थियाे ।


“नेपाल सरकार विद्युत् नियमन आयोग र विद्युत प्राधिकरणलाई पटक/पटक विद्युतीय सवारी साधन चार्जिङ स्टेशनको नाममा लिदै आएको डिमान्ड शुल्क हटाउनुपर्ने माग राख्दै आएको थियाै, हाम्रा माग अनुसार आयोगले २०७८ को मंसिर १९ गते डिमान्ड चार्ज नलिने घोषणा गरिसकेको थियो तर आयोगले डिमान्ड शुल्क नलिने घोषणा गरेको एक वर्ष हुँदासमेत छुट नदिई अतिरिक्त डिमान्ड शुल्क लिदै आएपछि बाध्य भएर सञ्चालनमा रोक लगाउनु पर्यो”, सुन्दर यातायातका अध्यक्ष भेषवहादुर थापाले मातृभूमिन्यूजसँग कुरा गर्दै बताए ।


थापाले विद्युत खपत बढाउँ भनि सरकारले नाटकीय रुपमा आह्वान गर्ने र आफ्नो निर्णय आफै कार्यान्वयन नगरी जनतालाई विद्युतीय सवारी साधन सञ्चालनमा रोक्ने गरेको आरोप लगाए । सुन्दर यातायातले हाल १९० किलोबाट क्षमताको १२ वटा विद्युतीय चार्जिङ स्टेशन काठमाडाैँ लगाएत ठाँउमा सञ्चालन गर्दै आएको छ ।


सुन्दर यातायातले हाल काठमाडौं उपत्यकाभित्र ६ वटा ठुला विद्युतीय गाडी र २ वटा हाइस सञ्चालन गर्दै आएको छ । यस्तै, जनकपुर, भैरहवा, विराटनगर, काकडभित्तामा ४र४ वटा गरी १८ वटा ठूला विद्युतीय बस र २ थान हाइस गरी २० वटा विद्युतीय गाडी सञ्चालनमा ल्याएको छ । विद्युतीय चार्जिङ स्टेशनकाे अभाबका कारण २० वटा हाइसका रूट रद्द भइ सुन्दर यातायातमा अाइ पुगेका छन् ।

प्रतिकृया