• ०९:२५ २०८१ बैशाख ६ गते
  • 9:25 am

आज मधेस प्रदेशको मन्त्रीमण्डल विस्तार

प्रकाशित मिति

२०७९ माघ २० गते, शुक्रबार ०४:५९

madesh pradesh

२० माघ, २०७९, काठमाडौँ: मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्।नवनियुक्त मन्त्रीहरुलाई शुक्रबार नै शपथ गराउने तयारी गरिएको छ । बाँकी रहेको ७ वटा मन्त्रालयको भागबण्डा मिलेपछि मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन् । अहिले मधेस सरकारमा नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नेकपा माओवादी केन्द्र रहेको छ । गत पुस २७ गते मुख्यमन्त्रीमा जसपा संसदीय दलको नेता सरोजकुमार यादव नियुक्त भएका थिए ।

प्रतिकृया