• ०६:४९ २०८१ बैशाख ७ गते
  • 6:49 am

माडागास्करमा आएको भीषण आँधीबाट १६ जनाको मृत्यु

प्रकाशित मिति

२०७९ माघ १३ गते, शुक्रबार ०१:३७

madagaskar

१३ माघ २०७९, एजेन्सी: माडागास्करमा केही दिनदेखि आएको आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको मृत्यु भएको छ भने अरु १९ जना हराइरहेका छन् ।


प्राप्त समाचारअनुसार माडागाकस्करको सेनेसो क्षेत्रमा केही दिनदेखि आएको आँधीमा परेर बिहीबार सम्ममा १६ जनाको ज्यान गएको छ भने अरु १९ जना हराएका छन् । यहाँको प्राकृतिक प्रकोप व्यवस्थापन केन्द्रकाअनुसार अहिले पनि आँधीको त्रास हुनसक्ने भन्दै सर्वसाधारणलाई सतर्कता अपनाउन भनिएको छ ।


प्रकोप व्यवस्थापन केन्द्रले यहाँका ५५ हजार जनाभन्दा बढी नागरिक आँधीबाट प्रभावित भएका छन् । उनीहरूमध्ये २५ हजार जनाभन्दा बढीलाई घरबाट अन्यत्रै सारिएको छ भने अरु केहीलाई सतर्क रहन भनिएको छ ।


प्रकोपमा परेर १३ हजार घरमा बाढी पसेको छ भने अरु पाँच सय घर बाढीले बगाएको त्यहाँका अधिकारीले बताएका छन् ।

प्रतिकृया