घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित मिति
२०७९ माघ १३ गते, शुक्रबार ११:३४

१३ माघ २०७९, काठमाडौँ: केहि दिनदेखि निरन्तर उकालो लागेको सुनको मूल्य आज घटेको छ ।
बिहिबार तोलामै एक लाख ६ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज एक हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ५ हजार ८ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ५ हजार ३ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १३८० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।
प्रतिकृया