शुभम पावरकाे आईपीओ बाँडफाँड
प्रकाशित मिति
२०७९ माघ ४ गते, बुधबार ०३:०३

४ माघ, २०७९, काठमाडौँ: शुभम पावर कम्पनी लिमिटेडले पाैष ६ गते, बुधबारदेखि पाैष २० गतेसम्म वैदेशिक रोजगारीमा गएका नेपालीहरूलाई निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) बाँडफाँड गरिएकाे छ । कम्पनीले प्रतिकित्ता एक सय अंकित दरमा ५८ हजार ५८ कित्ता सेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि निष्कासन गरेको थियाे ।
सो अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूमध्ये ५ हजार ८ सय ५ जना लगानीकर्तालाई कित्ता साधारण सेयर आईपीओ धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ बमोजिम बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।
सेयर बाँडफाँड सम्बन्धी विवरण आवेदकहरूले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cdsc.com.np तथा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडबाट सञ्चालित www.muktinathcapital.com बाट हेर्न सकिन्छ ।
त्यसैगरी, सम्पूर्ण सिआस्वा सदस्यहरूले बाँडफाँडमा नपरेको सेयर बापतको बाँकी रकम सम्बन्धित आवेदकहरूको बैंक खाता फुकुवा गरिदिन पनि कम्पनीले जनाएको छ ।
प्रतिकृया