हेलिकप्टर दुर्घटना हुँदा युक्रेनका गृहमन्त्रीसहित १६ जनाको मृत्यु
प्रकाशित मिति
२०७९ माघ ४ गते, बुधबार ०२:५९

४ माघ २०७९, काठमाडौँ: हेलिकप्टर दुर्घटनामा परेर युक्रेनका गृहमन्त्रीको मृत्यु भएको छ । राजधानी कीभको पूर्वी उपनगरमा रहेको एक किन्डरगार्टन छेउमा हेलिकोप्टर खस्दा मन्त्रीसहित १६ जनाको मृत्यु भएको हो ।
मन्त्री डेनिस मोनास्टिरस्कीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको युक्रेन सरकारले पुष्टि गरेको छ । हेलिकप्टर ब्रोभरीको उपनगरमा खसेको थियो । मृत्यु हुनेमा दुई बालबालिका रहेको बीबीसीले जनाएको छ । दुर्घटनामा घाइते भएका १० जनाको अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा उपमन्त्री र राज्य सचिवको पनि मृत्यु भएको छ । हेलिकप्टरको भग्नावशेष जलिरहेको भवन बाहिर देखिएको छ । किन्डरगार्टन नजिकै आगो लागेको क्षेत्रबाट बालबालिका र कर्मचारीलाई सारिएको छ । दुर्घटनाको समयमा कुहिरो लागेको बताइएको छ ।
प्रारम्भिक रिपोर्टमा हेलिकप्टर आवासीय भवनको नजिक दुर्घटना हुनु अघि किन्डरगार्टनमा ठोक्किएको थियो । त्यहाँ रहेका केही कर्मचारी र बालबालिकाको पनि ज्यान गएको छ ।
प्रतिकृया