• 3:38 pm

विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना नगरिकलाई उत्तर प्रदेश सरकारले ५ लाख दिने

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार १२:३३

४ माघ २०७९, काठमाडौँ: आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाएका उत्तर प्रदेशका ४ जना नागरिकलाई त्यहाँको सरकारले ५ लाख भारू राहत दिने भएको छ।


भारतीय सञ्चार माध्यमका अनुसार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले चारै जनाका परिवारलाई राहतस्वरूप ५ लाख भारू दिने भएका छन् ।


उत्तर प्रदेशको गाजीपुरका अभिषेक कुशवाहा, विशाल शर्मा, अनिलकुमार राजभार र सोनु जैसवालको विमान दुर्घटनामा मृत्यु भएको थियो ।


काठमाडौंबाट पोखराका लागि उडेको विमानमा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

प्रतिकृया