• 5:26 pm

नवनिर्वाचित मधेसका सभामुख र उपसभामुखले लिए शपथ

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ११:३०

४ माघ २०७९, जनकपुरधाम: मधेस प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रबाट बुधबार बिहान सभामुख रामचन्द्र मण्डल र सभामुखबाट उपसभामुख बबिताकुमारी राउत ईशरले पद तथा गोपनीयताको शपथ लिएका हुन्।


मंगलबार नेकपा एमालेका मण्डल सभामुखमा र जनमत पार्टीकी ईशर उपसभामुखमा निर्वाचित भएका थिए । १०३ जना उपस्थित रहेकोमा सभामुख मण्डलको पक्षमा ७४ मत र विपक्षमा २९ मत परेको थियो ।


यस्तै, उपसभामुखको निर्वाचन हुँदा १०१ जना उपस्थित रहेकोमा ईशरको पक्षमा ७२ जना र विपक्षमा २९ जनाले मतदान गरेका थिए । मधेस प्रदेशमा १०७ जना सांसद रहे पनि हाल १०५ जना प्रदेशसभा सदस्य कायम रहेका छन्।

प्रतिकृया