• 10:33 pm

दुबई हुँदै क्रोएसिया जान लागेका २१ जना पक्राउ

प्रकाशित मिति

२०७९ माघ ४ गते, बुधबार ०७:४८

४ माघ, २०७९, काठमाडौँ: क्रोएसिया जान लागेका २१ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । विमान स्थलमा खटिएकाे नेपाल प्रहरीकाे टाेलीले दुबई हुँदै क्रोएसिया जान लागेका राजकुमार लिम्बु, रोहित रायमाझी, गोविन्द राना लगायत २१ जना पक्राउ परेका हुन्।


उनीहरूको साथबाट जनही २ हजार देखि ३ हजार युरो बरामद भएको छ, जबकी राहदानीमा त्यति रकम दरपिट गरेको थिएन। सोधपुछका क्रममा पदमबहादुर विश्वकर्माले पठाएको बयान दिएपछि प्रहरीले उनलाई पनि विमानस्थालको गेट बाहिर पक्राउ गरेको छ। उनको साथबाट १ लाख २० हजार रुपैयाँ बरामद भएको छ।


थप अनुसन्धान र कानुनी कारबाहीका लागि उनीहरुलाई राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया