• 11:56 am

मधेस प्रदेसका मुख्यमन्त्री यादवले कांग्रेससँग मागे विश्वासको मत

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार ०२:०२

३ माघ २०७९, जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेससँग विश्वासको मत मागेका छन् । मुख्यमन्त्री यादवले कांग्रेसका प्रदेश अध्यक्ष एवम् संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । मुख्यमन्त्री यादवले आज प्रदेशसभामा विश्वासको मत लिने तय भएको छ ।


नेपाली कांग्रेसको संसदीय दलको कार्यालयमा भएको भेटमा मुख्यमन्त्री यादवले कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई पत्रमार्फत आफूलाई विश्वासको मत दिन आग्रह गरेका हुन् ।


मुख्यमन्त्री यादवले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिए । मुख्यमन्त्री यादवले आज बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । गत बुधबार मुख्यमन्त्रीमा नियुक्त भएका यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका थिए ।


जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता यादव प्रदेशसभाका १० दलमध्ये ७ दल र २ स्वतन्त्र गरी ६३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

प्रतिकृया