प्रधानमन्त्री कप टी–२० क्रिकेट : लगातार तेस्रो जितसँगै प्रदेश-१ सेमिफाइनलमा
प्रकाशित मिति
२०७९ माघ ३ गते, मंगलवार १२:४१

३ माघ २०७९, काठमाडौँ : प्रधानमन्त्री कप राष्ट्रिय टी–२० महिला क्रिकेट प्रतियोगितामा प्रदेश-१ सेमिफाइनलमा पुगेको छ। इटहरीस्थित जनता क्रिकेट पार्कमा मङ्गलबार भएको खेलमा प्रदेश एकले कर्णालीलाई १० विकेटले पराजित गरेको हो।
लगातार तेस्रो जित निकालेको प्रदेश एक ६ अंकसहित समूह ‘बी’को शीर्ष स्थानमा छ। लगातार तेस्रो हार व्यहोरेको अङ्कविहीन कर्णाली प्रतियोगिताबाट बाहिरिएको छ।
४० रनको लक्ष्य प्रदेश एकले ४.५ ओभरमा पुरा गर्यो। पहिलो विकेटको लागि काजल श्रेष्ठ र कप्तान रुबिना क्षेत्रीले ४० रनको साझेदारी गरे। रुबिनाले अविजित २२ र काजलले अविजित १३ रनको योगदान गरे।
पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ११ ओभरमा ५ विकेटको क्षतिमा ३९ रन बनायो। कर्णालीको लागि रमा बुढाथोकीले १८ रन जोडिन्। ५ खेलाडीले दोहोरो अंक जोड्न सकेनन्। नितु सुनार भने शून्य रनमा अविजित रहिन्। प्रदेश एकको लागि भने ज्योति दनुवार, रुबिना क्षेत्री, सङ्गीता राई र काजोल राजवंशीले १–१ विकेट लिए।
प्रतिकृया