• 11:43 am

शिवम सिमेट्सका सुरेन्द्र गोयल इन्साडर ट्रेडिङमा मुझिए पछि अध्यक्षमा गौरव गोयल नियुक्त

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार १०:४७

३ माघ २०७९, काठमाडौँ: शिवम सिमेन्टका निवर्तमान अध्यक्ष सुरेन्द्र कुमार गोयल इन्साइडर ट्रेडिङमा मुझिए पछि उनले अध्यक्ष सहित सञ्चालक पदबाट बाहिरिएका छन् । सुरेन्द्र कुमार गोयल बाहिरिए सँगै सञ्चालक समितिको अध्यक्ष पदमा गौरव गोयल नियुक्त भएका छन् ।


कम्पनीको पुस २९ गते सम्पन्न भएको सातौ वार्षिक साधारणसभाले स्वतन्त्र सहित ६ सञ्चालकको निर्वाचन गरेको थियो ।


निर्वाचनबाट गौरव गोयल, रघुनन्दन मारु, रोहित गुप्ता, गौरव शारदा र शैलजा राई निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र संचालकमा भने चन्द्र कुमार घिमिरे नियुक्त भएका छन् ।

प्रतिकृया