• 5:42 pm

पोखरा विमान दुर्घटनाः आज शव काठमाडौँ पठाइँदै

प्रकाशित मिति

२०७९ माघ ३ गते, मंगलवार ०८:२७

३ माघ, २०७९, गण्डकी : आइतबार पोखरामा भएकाे यति एयरलायन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका केही व्यक्तिको शव आज काठमाडौँ पठाउने तयारी गरिएको छ । शवको पहिचान गरी पोखरा र आसपासका व्यक्तिको शव यही नै आफन्तलाई बुझाउनका लागि सोमबारदेखि नै शव परीक्षण गर्न थालिएको छ ।


चिन्न नसकिने अवस्थाका, काठमाडौँसहित आसपासका , विदेशी नागरिक एवम् चालक दलका सदस्यको शव आज पठाउने तयारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले जानकारी दिए।


‘हालसम्म पहिचान भएका २०-२२ जनाको शव यही नै आफन्तलाई बुझाउने गरी परीक्षण भइरहेको छ’, उनले भने,’अन्य शव लैजानका लागि हेलिकोप्टर सोमबार नै पोखरा आइसकेको छ।’


शव पहिचान गर्ने काम पनि भइरहेको र मौसमपनि चिसो रहेका कारण आजै बिहान १०-११ बजेतिर काठमाडौँ पठाइने प्रजिअ केसीले जानकारी दिए।

प्रतिकृया