• 12:51 am

यती एयरलाइन्सको आजकाे नियमित उडान रद्द

प्रकाशित मिति

२०७९ माघ २ गते, सोमबार ०८:२६

२ माघ, २०७९, काठमाडौँ: दुर्घटनाको शोकमा यती एयरलाइन्सले सोमबारका लागि तय भएका सम्पूर्ण उडान स्थगित गरेको छ।


विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शोकमा आज सोमबार कम्पनीका तर्फबाट देशभरको उडान रद्द गरिएको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।


कूल ६८ यात्रु र चार चालक दलका सदस्य रहेको यती एयरलाइन्सको (एन-एएनसी एटिआर-७२) जहाज हिजाे बिहान पोखरामा अवतरण गर्ने क्रममा सेती नदी किनारमा दुर्घटनामा परेको थियो।

प्रतिकृया