• 3:36 pm

दुर्घटनामा परेर तीन टुक्रा भएकाे जहाजमा हालसम्म कोही जीवित भेटिएनन्

प्रकाशित मिति

२०७९ माघ १ गते, आईतवार ०१:२१

काठमाडौं । कास्कीको पोखरामा दुर्घटनमा परेको यती एयरलाइन्सको जहाज तीन टुक्रा भएको पाइएको छ ।कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीका अनुसार घटनास्थलमा जहाज तीन टुक्रामा परिणत भएको देखिएको छ । उनका अनुसार अहिलेसम्म घटनास्थलबाट कसैको पनि जीवित उद्धार गरिएको छैन ।


आइतबार बिहान १० बजेर ३३ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको (एनएएनसी) जहाज अवतरणका क्रममा पोखरा विमानस्थलनजिक दुर्घटना भएको प्रहरीले जनाएको छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार विमानमा चालक दलका चार सदस्य र ६८ यात्रीसहित ७२ जना सवार थिए । त्यसमध्ये १० जना विदेशी नागरिक थिए ।


जहाज सेतीको खोँचमा खसेको हो । उद्धारकार्य जारी रहेको गण्डकी प्रहरी प्रदेश प्रमुख रामदत्त जोशीले बताए । उद्धारकार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायत खटिएका छन् ।

प्रतिकृया