प्रदेश–१ को उपसभामुखमा सिर्जना दनुवार निर्वाचित
प्रकाशित मिति
२०७९ पुष ३० गते, शनिबार ०४:४०

३० पुस २०७९, काठमाडौँ: नेकपा एमालेकी प्रदेश सभा सदस्य सिर्जना दनुवार प्रदेश–१ को उपसभामुखमा निर्वाचित भएकी छन्। शनिबार सम्पन्न निर्वाचनमा दनुवारले ५७ मत हासिल गरेकी थिइन्। नेपाली कांग्रेसकी लिलाकुमारी राईले ३३ मत पाइन्।उपसभामुखमा निर्वाचित भएकी दनुवार उदयपुरबाट समानुपातिकमा प्रदेश सभामा चयन भएकी हुन्। राई पनि उदयपुरबाटै समानुपातिकमा चयन भएकी हुन्।
९३ जना प्रदेश सभासदस्य मध्ये निर्वाचनमा ९० जना प्रदेश सभा सदस्यले सहभागिता जनाएका थिए। निर्वाचनमा सत्तारुढ गठबन्धनबाट दुई जना प्रदेश सभा सदस्यको अनुपस्थिति रहेको थियो। यसअघि, सभामुख बाबुराम गौतम नेकपा माओवादी केन्द्रबाट निर्विरोध चयन भएका हुन्।
Related
Recent News
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया