• 2:10 am

यस्ताे छ आगामी तीन दिनकाे माैसम पूर्वानुमान

प्रकाशित मिति

२०७९ पुष ३० गते, शनिबार ०९:०५

३० पुस २०७९, काठमाडौँ: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। माैसम पूर्वानुमान महाशाखाका अनुसार हा देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया सफा रहेको छ। तराईका थोरै भूभागहरूमा हुस्सु/कुहिरो लागेको अवस्था छ।


शनिबार दिउँसो कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


आइतबार दिउँसो कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति कर्णाली प्रदेश र प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।


सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरुका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली पहाडी भूभागहरूका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

प्रतिकृया