• 12:54 pm

पाँच महिनामा ३० खर्ब सात अर्बको तरलता प्रवाह

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ०४:५३

२९ पुस २०७९, काठमाडौँ: नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म ३० खर्ब सात अर्ब ७५ करोड बराबरको तरलता प्रवाह गरेको छ ।


केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आवको पाँच महिनाको विवरणअनुसार पाँच महिनामा राष्ट्र बैंकबाट रिपोमार्फत् दुई खर्ब ४१ अर्ब २० करोड रुपैयाँ, सोझै खरिद बोलकबोलमार्फत् ८३ अर्ब ८५ करोड रुपैयाँर स्थायी तरलता सुविधामार्फत् २६ खर्ब ८२ अर्ब ७० करोड रुपैयाँ गरी कूल ३० खर्ब सात अर्ब ७५ रुपैयाँकरोड तरलता वित्तीय बजारमा प्रवाह भएको छ ।


अघिल्लो वर्षको सोही अवधिमा विभिन्न उपकरणमार्फत् २६ खर्ब ६१ अर्ब छ करोड रुपैयाँ तरलता प्रवाह भएको थियो ।

प्रतिकृया