बागमतीको सभामुखमा राप्रपाका पाठक निर्वाचित
प्रकाशित मिति
२०७९ पुष २९ गते, शुक्रबार ०२:२४

२९ पुस २०७९, हेटौंडा : बागमती प्रदेशसभाको सभामुखमा सत्ता गठबन्धनबाट राप्रपाका भुवनकुमार पाठक निर्वाचित भएका छन् । उनले प्रदेशसभाका सदस्यहरुमध्ये बहुमत सदस्यहरुको समर्थन पाएर सभामुख पदमा निर्वाचित भएका हुन् ।
प्रदेशसभाको सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका पाठक सहित नेपाली कांग्रेसका शिवराज अधिकारी र नेमकीपाकी सृजना सायजुले उम्मेदवारी दिएका थिए । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा प्रदेशसभाका सभामुखको निर्वाचन प्रक्रिया अघि बढाइएको थियो । उक्त बैठकमा तीनैवटा दलका उम्मेदवारहरुको उम्मेदवारीका विषयमा छलफल गरी निर्णायार्थ प्रस्तुत गरिएको थियो ।
प्रदेशसभाको शुक्रबार बसेको बैठकमा कुल सदस्य संख्या ११० मध्ये १०९ जना सांसद उपस्थित रहेका थिए । एक सांसद भने निर्वाचनको क्रममा अनुपस्थित रहे । प्रदेशसभाको सभामुख पदमा निर्वाचित हुनका लागि कुल सांसदमध्ये बहुमत सदस्यहरुको समर्थन आवश्यक रहन्छ ।
जसअनुसार राप्रपाका पाठकको पक्षमा प्रदेशसभाका ६२ जना सांसदहरुले हस्ताक्षर सहित समर्थन गरेका थिए भने उनको विपक्षमा ३९ जना सांसदले हस्ताक्षर परेका थिए । ७ जना सांसदहरु तथष्ट रहेका थिए । प्रदेशसभाका जेष्ठ सदस्य रामप्रसाद ढुंगानाले तीन जना उम्मेदवारहरु बीच प्रदेशसभा सदस्यहरुको मत विभाजनका लागि क्रमशः उम्मेदवारी दर्ता क्रम अनुसार निर्णायार्थ प्रस्तुत गरेका थिए ।
प्रतिकृया