• 3:43 pm

सन्दीप लामिछानेले तिरे धरौटी रकम, तीन बजे सम्ममा छुट्दै

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ०१:५३

२९ पुस २०७९, काठमाडौँ: किशोरी बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज तीन बजेसम्ममा रिहा हुने भएका छन् । पाटन उच्च अदालतको फैसला अनुसार २० लाख रुपैयाँ उनको परिवारले बुझाइसकेको छ ।


अहिले रिहाइको प्रक्रिया भइरहेको उनको कानुन व्यवसायीले बताएका छन् । उच्च अदालतबाट धरौटी बुझाएर तारिख लिएर उनी आज रिहा हुन लागेका कानुन व्यवसायीले बताए। सन्दीप केन्द्रीय कारागार छन् । प्रक्रिया पुर्‍याएर सन्दीपको रिहाइ गरिने केन्द्रीय कारागार प्रशासनले जनाएको छ ।


उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले लामिछानेलाई सर्तसहित रिहा गर्न आदेश दिएका हो। सन्दीपलाई विदेश जान भने रोक लगाइएको छ।

प्रतिकृया