• 12:18 pm

मधेसका मुख्यमन्त्री यादवसहित चार मन्त्रीले लिए शपथ

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ०१:४२

२९ पुस २०७९, धनुषा : मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार मुख्यमन्त्रीमा नियुक्त ‍भएका उनले आज मधेस भवनस्थित प्रदेश प्रमुखको कार्यालयमा केहीबेरअघि शपथ लिएका हुन् ।


उनीसँगै अन्य तीन मन्त्री: जनमतका वसन्त कुशवाहा, एमालेका सरोज यादव र जसपाका संजय यादवले सपथ लिएका छन्। यी आज नियुक्त भएका यी मन्त्रीहरूकाे विभाग भने अझै टुङ्गाे लगेकाे छैन ।


मधेस प्रदेशमा १० मन्त्रालय छन्। प्रदेशमा जसपा र जनमतले आलोपालो नेतृत्व गर्ने सहमति गरेका छन् ।

प्रतिकृया