• 9:14 am

सुन तोलामा ५ सय रुपैयाँले बढ्यो, यस्तो छ बजार मूल्य

प्रकाशित मिति

२०७९ पुष २९ गते, शुक्रबार ११:०३

२९ पुस २०७९, काठमाडौँ: नेपाली बजारमा आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बृद्धि भई प्रति तोला १ लाख ३ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।


महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । साथै आज चाँदी तोलामा ५ रुपैयाँले बृद्धि भई प्रति तोला १ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिकृया