• 9:38 am

आज लक्ष्मी बैंक साधारण सभा सम्पन्न

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार ०२:५८

२८ पुष, २०७९, काठमाडौँ : लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा आज (पौष २८ गते, बिहीबार) काठमाडौंमा सम्पन्न भएकाे छ । साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ ।


आर्थिक वर्ष २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिकृया