• 4:21 pm

प्रधानमन्त्रीसँग जर्मनीका राजदूत प्रिन्जको शिष्टाचार भेट

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार ०१:४२

२९ पुस २०७९, काठमाडौँ: नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटघाट गरेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र राजदूत प्रिन्जबीच भेटघाट भएको हो ।


भेटमा राजदूत प्रिन्जले प्रधानमन्त्री प्रचण्डलाई बधाई साथै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।


त्यस्तै भेटमा दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाउने विषयमा समेत छलफल भएको थियो ।

प्रतिकृया