• 3:43 pm

अजोड र यूनाइटेड इन्स्योरेन्सबीच रातारात मर्जर सम्झाैता

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार १२:४९

२८ पुष, २०७९, काठमाडौँ: अजोड र यूनाइटेड इन्स्योरेन्सबीच मर्जर सम्झाैता भएकाे छ । हिजाे पौष २६ गते मंगलवारका दिन युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि. तथा अजोड इन्स्योरेन्स लिमिटेड नामको बीमक बीच गाभ्न, गाभिने सहमति पत्र मा हस्ताक्षर भएको हाे । उक्त सहमति पत्र मा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) को तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक रविन्द्र राज पन्त तथा अजोड इन्स्योरेन्सको तर्फबाट संचालक तथा मर्जर समितिका संयोजक चिरन्जीवी द्वाले हस्ताक्षर गरेका छन् ।


दुवै संस्था एक आवसमा गाभिए पछि नयाँ बन्ने कम्पनीको नाम युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड (UNITED AJOD Insurance Ltd.) रहने सहमति भएको छ ।

प्रतिकृया