• 6:44 pm

प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार १२:२१

२९ पुस २०७९, काठमाडौँ: प्रदेश नं १ को सभामुखमा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा उनको मात्रै दाबी परेका कारण उनी निर्विरोध निर्वाचित भएका हुन् । ओखलढुंगा प्रदेश सभा ख बाट निर्वाचित गौतमलाई सत्तापक्ष र प्रतिपक्षको समेत समेत समर्थन रहेको थियो ।


नवनिर्वाचित गौतमले आजै पद तथा गोपनियताको शपथ ग्रहण गर्नेछन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउनेछन् । उनी प्रदेश सभाको दोस्रो सभामुख हुन् । यसअघि २०७४ को निर्वाचनपछि एमालेका सांसद प्रदीपकुमार भण्डारी पहिलो सभामुख बनेका थिए ।

प्रतिकृया