• 12:00 pm

आज ६ बैंक सहित अन्य कम्पनीको साभारण सभा

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार १२:३१

२८ पुष, २०७९, काठमाडौँ: बिहीबार विभिन्न ११ वटा कम्पनीको वार्षिक साधारण सभा हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत विभिन्न ११ वटा कम्पनीको आज पुस २८ गते वार्षिक साधारण सभा हुने भएको हो । जसमध्ये आधा दर्जन वाणिज्य बैंक रहेका छन् । बिहीबार लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, हिमालयन बैंक, सिभिल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल दूरसञ्चार कम्पनी, अप्पर सोलु हाइड्रो इलेक्ट्रिक, राधी विद्युत, इमर्जिङ नेपाल, र सोल्टी होटलको वार्षिक साधारण सभा आज हुने भएको हो । अधिकांश कम्पनीको सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । राष्ट्रिय वाणिज्य बैंक भने नेप्सेमा सूचीकृत छैन ।


राष्ट्रिय वाणिज्य बैंकको १६ औं वार्षिक साधारण सभा दरबारमार्ग स्थित बैंकको सभा हलमा दिउँसो २ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कूल १२.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक नेप्सेमा सूचीकृत छैन ।


प्राइम कमर्सियल बैंकको १५ औं वार्षिक साधारण सभा बिहान ११ बजे कार्की ब्याङ्क्वेट बबरमहल काठमाडौंमा हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.९५ प्रतिशत नगद गरी कुल ८.९५ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको छ ।


लक्ष्मी बैंकको २२ औं वार्षिक साधारण सभा अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले साधारण सभा प्रयोजनार्थ पुस १५ गते बुक क्लोज गरेको थियो । त्यसैले पुस १४ गतेसम्म कायम सेयरधनीले सभामा उपस्थित हुन पाउने छन् । लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले पुस १४ गते बुक क्लोज गरेको थियो । त्यसैले पुस १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


हिमालयन बैंकको ३० औं वार्षिक साधारण सभा होटल सोल्टी सोल्टीमोड काठमाडौमा बिहान ११ बजे शुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कूल १९.११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १८ गते गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


सिभिल बैंकको १२ औं वार्षिक साधारण सभा अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद गरी कूल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले पुस १९ गते बुकक्लोज गर्ने निर्णय गरेको थियो । त्यसैले पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


सिद्धार्थ बैंकको २१ औं वार्षिक साधारण सभा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)को १५ औं वार्षिक साधारण सभा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान १० बजे शुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ पुस १८ गतेदेखि २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीले साधारण सभा र लाभांश प्राप्त गर्न सक्नेछन् ।


राधी विद्युतको कम्पनीको कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १३ गते बुक क्लोज गरेको छ । त्यसैले पुस १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


सोल्टी होटलको ४८ औं वार्षिक साधारण सभा नेपाल प्रज्ञा भवनमा बिहान ११ बजे सुरु हुनेछ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र २१.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत कूल लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गरेको छ । त्यसैले पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।


अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको ७ औं वार्षिक साधारण सभा लिसरा रिसेप्सन भगवती बहाल, नक्सालमा बिहान १० बजे र इमर्जिङ नेपालको ७ औं वार्षिक साधारण सभा थापागाँउ, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । यी दई कम्पनीले लाभांश विताण नगर्ने भएका हुन् ।

प्रतिकृया