राष्ट्रिय सभा उप–चुनावका लागि दल दर्ताको समयसीमा आज सकिँदै
प्रकाशित मिति
२०७९ पुष २८ गते, बिहीबार ११:२७

२८ पुष, २०७९, काठमाडौँ: आउँदो माघ २५ गते हुने राष्ट्रिय सभाको रिक्त रहेको सदस्य पदको उप–चुनावमा भाग लिन निर्वाचन आयोगले दिएको दल दर्ताको समयसीमा आज सकिने भएको छ । आयोगका अनुसार बुधबारसम्म दुईवटा दलले मात्रै निवेदन दिएका छन् ।
अहिलेसम्म नेकपा (एकीकृत समाजवादी) र बहुजन शक्ति पार्टीले निवेदन दिएको आयोगले जनाएको छ । लुम्बिनी प्रदेशबाट अन्य समूहको रिक्त राष्ट्रिय सभाको एक जना सदस्य पदका लागि आउँदो माघ २५ गते उप–चुनाव हुने भएको छ । लुम्बिनी प्रदेशको अन्य समूहबाट निर्वाचित सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि पद रिक्त हुन गएको हो ।
आयोगले गएको २४ गते सूचना निकालेर संविधानको धारा २७१ अनुसार दल दर्ताका लागि आह्वान गरेको थियो ।
Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया