• 12:26 pm

मन्त्रिपरिषदलाई पूर्णता दिने तयारीमा सत्ता गठबन्धन

प्रकाशित मिति

२०७९ पुष २८ गते, बिहीबार ०८:२४

२८ पुष, २०७९, काठमाडौँ: सत्तारूढ गठबन्धनमा आवद्ध दलहरू मन्त्रिपरिषद विस्तारलाई पूर्णता दिन तीव्र तयारीमा लागेका छन् । यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भइ ११ गते पद तथा गाेपनीयताकाे शपथ लिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तत्काल सानाे आकारकाे मन्त्रिमण्डल गठन गरे पनि यसले पूर्णता भने पाएकाे छैन।


सोही विषयमा आन्तरिक छलफल गर्न बिहीबार पनि सत्तारूढ गठबन्धनमा आवद्ध दलको बैठक बस्दैछ। आजको बैठकले मन्त्रिपरिषद विस्तारमा सहमति गर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे।


माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले यही पुस २६ गते संसदबाट विश्वासकाे मतसमेत लिइसकेका छन्। उनकाे विश्वासकाे मतलगत्तै यतिबेला सत्तासाझेदार दलहरू मन्त्रिमण्डललाई पूर्णता दिन तयारीमा तीव्रता दिन थालेका हुन्।


बुधबार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटवार्तामा बिहीबार सत्ता साझेदार दलको बैठक बोलाउने सहमति भएको थियो।

प्रतिकृया