• ११:३९ २०८० फाल्गुन ११ गते
  • 11:39 am

एनएमबी बैंकका सिइओ सुनिल केसीको वार्षिक तलब सुविधा २ करोड ३४ लाख

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार ११:०४

sunil

२५ पुस २०७९, काठमाडौँ: एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले एक वर्षमा २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ बराबरको तलब भत्ता तथा अन्य सुविधाहरु बुझेका छन् । उनले गत आर्थिक वर्ष २०७८/७९ मा वार्षिक तलब बापत ९० लाख रुपैयाँ, सञ्चित कोषमा ९ लाख रुपैयाँ, भत्ता बापत ८५ लाख रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै नियमत अनुसार बोनस तथा वेल्फेयर बापत ५० लाख रुपैयाँ र अन्य ८४ हजार रुपैयाँ सहित २ करोड ३४ लाख रुपैयाँ बुझेका हुन् ।


त्यस्तै बैंकको उच्च व्यवस्थापन तहका कर्मचारीहरुले वार्षिक ७ करोड ४४ लाख रुपैयाँ बुझेका छन् । बैंकको सञ्चालक समितिका पदाधिकारीहरुले गत आर्थिक वर्षमा बैठक भत्ता बापत ९ लाख २४ हजार रुपैयाँ बुझेका छन् ।


बैंकले आज २७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ । यस वर्ष शेयरधनीहरुले भने ८.२५ प्रतिशत नगद लाभांश प्राप्त गर्ने छन् । बैंकले एक अर्ब ५१ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ । बैंकले गत आर्थिक वर्षमा तीन अर्ब २९ करोड खुद मुनाफा आर्जन गरेको थियो ।

प्रतिकृया