• ११:४६ २०८० फाल्गुन ११ गते
  • 11:46 am

भारतकाे लखनउमा बस दुर्घटना हुँदा ४ नेपालीकाे मृत्यु

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार १०:४१

accident1 e1664721822357

२५ पुस २०७९, धनगढी: भारतको गुजरातबाट टीकापुर आउँदै गरेको बस लखनउमा दुर्घटना भएको छ । भारतको गुजरातबाट कैलालीकाे टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा ४ जना नेपालीको ज्यान गएको छ ।


टीकापुरका स्थानीय भुपेन्द्र साउँदका अनुसार टीकापुर नगरपालिका वडा नं १ का चन्द्रबहादुर साउँदको दुर्घटनामा परेर ज्यान गएको छ ।


उनका अनुसार मृतक साउँदका परिवारका अन्य सदस्यहरू समेत सोही बसमा यात्रारत थिए । मृत्यु हुने अन्य कसैको पनि सनाखत हुन सकेको छैन । तर ठुलाे संख्यामा नेपालीकाे मृत्यु भएकाे बुझिएकाे उनले बताए ।


दुई बस एकआपसमा ठाेकिँदा दुर्घटना भएकाे र साे बसमा अधिकांस टीकापुरका स्थानीय रहेकाे बुझिएकाे छ ।

प्रतिकृया