• ०४:५६ २०८० फाल्गुन १२ गते
  • 4:56 am

आजदेखि ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकिकृत कारोबार

प्रकाशित मिति

२०७९ पुष २५ गते, सोमबार १०:१९

bok nad global ime

२५ पुस २०७९, काठमाडौँ : मर्जरका लागि सम्पूर्ण प्रक्रिया पूरा गरेका ग्लोबल आईएमई बैङ्क र बैङ्क अफ काठमाण्डूको एकीकृत कारोबार आज सोमबारदेखि सुरु हुँदै छ । ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू हुनेछ।यी दुई बैंकलाई नेपाल राष्ट्र बैंकले पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरका लागि अन्तिम स्वीकृति दिएका थिए ।


मर्जर पश्चात् बैंकको कूल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५.७७ अर्ब रुपैयाँ, कूल निक्षेप ४०० अर्ब भन्दा बढि र कूल कर्जा ३७९ अर्ब भन्दा बढि पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पूँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ ।


नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनेछन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनेछन् ।

प्रतिकृया