• 11:28 pm

प्राइम लाइफको साधारण सभाबाट १३ प्रतिशत बाेनस पारित

प्रकाशित मिति

२०७९ पुष २४ गते, आईतवार ०४:५२

२४ पुस २०७९, काठमाडौँ: प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज पौष २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सम्पन्न भएकाे छ । सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।


यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।

प्रतिकृया