कर्णाली जलस्रोत लिमिटेडको साधारण सभा सम्पन्न, साउन पहिलो हप्ता बिजुली
प्रकाशित मिति
२०७९ पुष २४ गते, आईतवार १२:३१
२४ पुष, २०७९, काठमाडौँ : कर्णाली जल स्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोक बहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ । साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको साहयक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनी मार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको कामतीब्र गतिमा भइरहेको जानकारी दिए ।
राष्ट्रिय बाणिज्य बैंकको अगुवाईमा कृषिविकास बैंकले समेत लगानी गरेको उक्त आयोजनाबाट अगामी साउन पहिलो हप्ता बिजुली बाल्ने गरी काम भइ रहेको रावतले बताए। काभ्रेमा निर्माण भइ रहेको ६ मेगावाटको उक्तआयोजनाको इलेक्ट्रो मेकानीकल सप्लायर छनोट भई एलसी खोल्ने काम समेत सम्पन्न भइ सकेको साधारण सभामा जानकारी दिइएको छ । त्यस्तै हाइड्रो मेकानिकल सप्लाईको लागि एलसी खोल्ने काम अन्तिम चरणमापुगेको छ भने प्रसारण लाइनको सर्भे लाइसेन्स लिएर प्रति वेदन तयार भएको र निर्माण अनुमित लिने प्रक्रियामा रहेको हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीका अध्यक्ष जुद्धबहादुर गुरुङले जानकारी दिए ।
उक्त आयोजनामा अनुमा नित लागत ११२ करोड रहेकोमा ३५ प्रतिशत लगानी कम्पनीले र बाँकी६५ प्रतिशत लगानी राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले गरेका छन् । त्यसै गरी कर्णाली जलस्रोत लिमिटेडका शेयरधनीकै लगानीमा म्याग्दीको रघु गंगा गाउँपालिका–८ कुईने मंगले क्षेत्रमा ४.७५ मेगावाटको स्यानो खोला जलविद्युत आयोजनाको काम पनि सुरु गरिएको अध्यक्ष रावतले साधारण सभामा जानकारी दिए । नेपाल विद्युत प्राधिरकण सँग विद्युत खरिद सम्झौता र विद्युत विकास विभाग सँग उत्पादन इजाजतको लागि अन्तिम चरणको काम भइ रहेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । शेयरधनीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष रावतले भनेकै समयमै काम सक्ने गरी काम भइरहेको बताउँदै लगानी थप्न अनुरोध समेत गरे । कर्णाली जलस्रोतका ४२१ शेयर धनी पुगेका छन् ।
प्रतिकृया