आइएमई पे र डेली ग्रोसरी वीच सम्झौता
प्रकाशित मिति
२०७९ पुष २४ गते, आईतवार ११:५९

२४ पुष, २०७९, काठमाडौँ : आइएमई पे र डेली ग्रोसरी सुपर मार्केट वीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।सम्झौता अनुसार ग्राहकहरूले हरेक दिन आइएमई पेको भिसा कार्ड प्रयोग गरी डेलीग्रोसेरीमा किराना सामानहरू खरिद गर्दा १०% छुट (एक पटकमा अधिक्तम रू. २०० सम्म) प्राप्तगर्न सक्नुहुनेछ ।
यो अफर आइएमई पेको फिजिकलभिसा कार्ड मार्फत पोस भुक्तानीगर्दा मात्रप्राप्तगर्न सक्ने शर्त कम्पनीले खुलाएको छ । ग्राहकहरुले यस अफर अवधीभरी काठमाडौं उपत्यकाको २४ वटा डेलीग्रोसरीको आउटलेटहरुमा यो अफरको साथै निःशुल्क आइएमई पेको भिसा कार्ड लिनपनि सक्नुहुन्छ ।
आइएमई पे
नेपालको पहिलो भुक्तानी सेवाप्रदायकआइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घितआइएमई पे मोबाईल वालेट एप एक विद्युतीयभुक्तानी सेवाप्रदायकहो । “आइएमई पे”आइएमई ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानीतथा फर्छ्यौट्ट विनियमावली – २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवाप्रदान गर्ने पहिलो कम्पनीहो ।
आइएमई पे मोबाईल वालेटमार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन। यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तान गर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवाप्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ । आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुबिधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशी करणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढी ग्राहकहरुलाई सिधै मोबाईल वालेट एप तथा एजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल हुँदै आएको छ ।
प्रतिकृया