• १३:२१ २०८० फाल्गुन ११ गते
  • 1:21 pm

विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै

प्रकाशित मिति

२०७९ पुष २४ गते, आईतवार १०:३३

gathabandan prachanda

२४ पुष, २०७९, काठमाडौँ: सत्ता गठबन्धनकाे बैठक आइतबार बस्दैछ। बिहान १० बजे नेकपा माओवादी केन्द्रकाे संसदीय दलको कार्यालयमा बस्ने बैठकमा गठबन्धनमा आवद्ध दलका शीर्ष नेतहारू सहभागी हुँदैछन्। आजकाे बैठकमा प्रधानमन्त्रीकाे विश्वासकाे मत र प्रदेश सरकार गठनबारे छलफल हुने स्राेतले जानकारी दिएकाे छ।


नवनियुक्त प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ले’ पुस २६ गते मंगलबार संसदमा विश्वासको मत लिँदैछन्। आजकाे बैठक मुख्यत: साेही विषयमा केन्द्रित रहनेछ। प्रदेश १ मा मुख्य मन्त्रीमा दाबी गर्ने आज अन्तिम दिन हो। प्रदेश १ मा सबैभन्दा ठूलो दल एमाले र माओवादी केन्द्र दुवैले दाबी गर्दै आएका छन्।


यस्तै, बागमती र गण्डकी प्रदेश सरकारको नेतृत्वमा दाबी प्रस्तुत गर्ने म्याद भोलि २५ गतेसम्म छ। बागमतीमा एमाले, माओवादी र राप्रपाले मुख्यमन्त्रीमा दाबी गरेका छन्। यसैगरी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा २७ गतेभित्र तथा मधेशमा २८ गते मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्ने म्याद छ।

प्रतिकृया