• 1:10 am

पाल्पा बस दुर्घटना: ६ जनाकाे मृत्यु, १८ जना घाइते

प्रकाशित मिति

२०७९ पुष २२ गते, शुक्रबार ०८:२१

२२ पुष, २०७९, पाल्पा : पाल्पामा बस दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ भने १८ जना घाइते भएका छन् । जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका- ८ खुसार्नेमा भएको दुर्घटनामा ६ जना महिलाहरूको ज्यान गएको हो ।


रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराती १० बजेतिर खुसार्नेमा पर्ने मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको स्थानीयले जनाएका छन् ।


ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री र गुनी गाहाको ज्यान गएको वडा नम्बर ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। मृतक एकजानको पहिचान भएको छैन ।


बस सडकबाट करिब ६० मिटर तल भीरमा खसेको प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए ।


दुर्घटनाका घाइते १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले जानकारी दिए ।

प्रतिकृया