प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे ( Red Panda ) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्झौता

प्रकाशित मिति

२०७९ पुष २० गते, बुधबार १०:३७

prabhuba

२० पुस २०७९, काठमाडौँ: प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच रातो हाब्रे ( Red Panda ) लाई एक वर्षको लागि आहारा उपलब्ध गराउने सम्बन्धि सम्झौता सम्पन्न भएको छ । प्रभु बैंक लिमिटेडको बबरमहलस्थित प्रधान कार्यालयमा आयोजित एक समारोहमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत श्री मनिराम पोखरेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका तर्फबाट सदर चिडियाखानाकी प्रमुख श्री रचना शाहद्वारा उक्त सम्झौतामा हस्ताक्षर गर्नु भएको हो ।


प्रभु बैंक लिमिटेड र राष्ट्रिय प्रकृति संरक्षण कोष बीच सम्पन्न उक्त सम्झौता अनुसार प्रभु बैंक लिमिटेडले सँस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोषद्वारा सञ्चालित सदर चिडियाखानामा रहेका दुई वटा रातो हाब्रेका लागि प्रभु बैंक लिमिटेडले एक वर्षसम्म आहारा उपलब्ध गराउने व्यवस्था मिलाईएको छ ।


सदर चिडियाखानाद्वारा सञ्चालित “Adopt an animal” अभियान अन्तर्गत गरिएको यस सम्झौताबाट रातो हाब्रे जस्तो लोपोन्मुख वन्यजन्तुको संरक्षणको क्षेत्रमा विशेष योगदान पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै मुलुकले लिएको दिगो विकास लक्ष्यहरु २०३० (Sustainable Development Goals 2030) को प्राप्तिको निमित्त पनि बैंकको उक्त कार्यबाट टेवा पुग्नेछ भन्ने विश्वास लिएको छ ।
धन्यवाद ।

प्रतिकृया