• 6:21 pm

मापदण्ड भन्दा धूँवा फाल्ने २२ ओटा सवारी साधन कारवाहीमा

प्रकाशित मिति

२०७९ पुष १९ गते, मंगलवार १२:३५

१९ पुष, २०७९, काठमाडौँ:  काठमाडौँको नक्सालमा सोमबार गरिएको विशेष चेकिङका क्रममा मापदण्ड भन्दा बढी धूँवा फाल्ने २२ वटा सवारी साधनका चालक लाई कारवाही गरिएको छ । मापदण्ड भन्दा बढी घूँवा फाल्ने भाडाका बस, माइक्रो, ट्याक्सी र निजी चारपाङग्रे सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।


वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त खटिएको टोलीले सोमबार दिउँसो नक्सालमा ४२ ओटा सवारी साधनलाई चेक गर्दा २२ ओटा कारवाहीमा परेको प्रवक्ता भट्ट ले बताउनु भयो । सवारी साधन मर्मत पश्चा त तोकिएको वि तिरी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका कागजपत्र फिर्ता दिइने छ ।

प्रतिकृया