• 5:02 pm

सर्भे गरिएकै स्थानमा सवस्टेशन राख्नुपर्ने अपर तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिको माग

प्रकाशित मिति

२०७९ पुष १९ गते, मंगलवार ११:४२

१९ पुष, २०७९, काठमाडौँ: अपार तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने माग गरेको छ। आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको सर्भे भन्दा अन्यत्रै सवस्टेशन राख्न खोजिएकोमा समितिले आपत्तिजनाएको हो । समितिले सुरुमासर्भे गरिएकै स्थानकाभ्रेको मण्डन देउपुर–१ हलिदेमानै सबस्टेशन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने बेलामाभने सवस्टेशन काठमाडौंको शंखरापुर–३ बोझेनीमा राख्नखोजिएको भन्दै संघर्ष समितिले विरोध जनाएको छ ।


संघर्ष समितिले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन मार्फत सर्भे गरिएकै स्थानमा सवस्टेशन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने चेतावनी दिएको हो । साथै, समितिका संयोजक तुलाराम तामाङले प्रहरीले स्थानीयहरु माथि गरेको धरपकडको विरोध गरे । स्थानीयले अघि सारेका जायजमाग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नु पर्ने उनको भनाई छ ।


त्यस्तै, समितिकासह–संयोजकफूर्वा तामाङले परियोजनाको सबस्टेसन राख्ने कार्यमा भूमाफियाहरुको चलखेल भएको बताए । शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयलाई न्यूनतम मानव अधिकारको प्रत्याभूति पनि नहुने प्रहरी धरपकड भएकोमा पनि उनले आपत्ति जनाए । ‘एसियाली विकास बैकको लगानीमा नेपाल विद्युत प्राधिकरणले अगाडि बढाइरहेको अपार तामाकोशी जलविद्युत परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथातार विछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुष १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकटको हामी घोर विरोध गर्दछौै,’ विज्ञप्तिमा भनिएको छ। राज्यले बनाउने आयोजनाजनताको लाभको लागिभएपनियसले जनतामा निहित आत्म अधिकार समेत हनन भएको उनीहरुको आरोप छ । साथै, पक्राउ परेका जयमानवाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनिमागगरिएको छ ।

प्रतिकृया