• 5:41 pm

सवारी साधनको प्रतिलिपी सिफारिस अनलाइनबाटै

प्रकाशित मिति

२०७९ पुष १८ गते, सोमबार १२:३३

१८ पुस २०७९, काठमाडौँ:  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिँदै आएको प्रतिलिपी सिफारिस अब उपरान्त अनलाइन मार्फत प्रदान गरीने भएको छ । सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताब र सवारी ईजाजत पत्र हराएमा, सेवाग्राहीले ट्राफिक प्रहरीको आधिकारीक वेभसाइट www.traffic.nepalpolice.gov.np मार्फत परिचयपत्रको प्रतिलिपी सहित अनलाइन फर्म भर्नुपर्ने हुन्छ ।


अनलाइन फर्म भरेको ७२ घण्टा पश्चात अनलाईन मार्फतनै हराएको सिफारीस उपलब्ध गराइनेछ । प्रविधिको उच्चतम प्रयोग गरी सेवाग्राहीलाई सहज सेवा, समयको बचत र स्मार्ट ट्राफिक सेवा प्रदान गर्ने उद्धेश्यले यो सुविधा लागु गरिएको काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवं प्रहरी वरीष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ ।

प्रतिकृया