• 5:54 pm

सिवाईसी को ३० % बोनस आज सम्म सेयर होल्ड गर्नेले मात्र पाउने

प्रकाशित मिति

२०७९ पुष १८ गते, सोमबार १०:५८

१८ पुष, २०७९, काठमाडौँ : सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेड(CYC Nepal Laghubitta Bittiya Sanstha Ltd.)को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई चुक्ता पूँजीको ३० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.५८ प्रतिशत नगद लाभांश गरी कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अगाडी सारेको छ।


कम्पनीले आफ्नो चौथो वार्षिक साधारणसभा पुस ३० पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट बोलाएको छ। साथै सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थासँग गाभ्ने, गाभिने वा प्राप्ति गर्नेसम्बन्धी विषयमा निर्णय गर्न सञ्चालक समितिलाई सम्पूर्ण अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पेस सभाले पारित गर्नेछ। सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि अनुमोदन गर्नेछ।


लाभांश र सभा प्रयोजनका लागि संस्थाले पुस १९ गते १ दिन बुक क्लोज गर्ने भएको छ। यसको अर्थ पुस १८ (आज) गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्। नेप्सेमा यस कम्पनीको सिम्बोल/संक्षिप्त नाम CYCL रहेको छ।

प्रतिकृया