• 9:33 pm

आज पाँचथर पावर कम्पनीको साधारण सभा

प्रकाशित मिति

२०७९ पुष १८ गते, सोमबार १०:२९

१८ पुष, २०७९, काठमाडौँ: पाँचथर पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आज हुदैँछ । कम्पनीकाे साताैँ वार्षिक साधारण सभा पाैष १८ गते (आज) साेमबार हाेटल इम्पेरियल, बत्तीसपुतली, काठमाडाैँमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभामा कम्पनीको मंसिर २२ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई करसहित ७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।


यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।


त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ७ गते एक दिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले पाैष ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिकृया