सरकारमा जानेबारे निर्णय गर्न जसपा राजनीतिक समितिको बैठक बस्दै
प्रकाशित मिति
२०७९ पुष १८ गते, सोमबार ०९:११
१८ पुष, २०७९, काठमाडौँ: जनता समाजवादी पार्टी(जसपा) नेपाललेकाे राजनीतिक समितिको बैठक साेमबार बस्दैछ । आज बिहान ११ बजे ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बैठक बस्ने जसपाका एक नेताले जानकारी दिए।
ती नेताका अनुसार जसपाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’काे नेतृत्वकाे सरकारमा सहभागी हुने/नहुने बारेमा छलफल गर्नका लागि उक्त बैठक बाेलाएकाे हाे।
भाेलि मंगलबारसम्म चल्ने बैठकमा सरकारको न्यूनतम साझा कार्यक्रममा समेटिनुपर्ने पार्टीका मुद्धा र सरकारमा सहभागिता जनाउनेबारे निर्णय गर्ने हुनेछ। शनिबारको कार्यकारिणी समितिको बैठकले सरकारमा जाने विषय टुंगो लगाउने जिम्मा राजनीतिक समितिलाई दिएको थियो।
त्यसबाहेक चुनावको समीक्षा, विधान अधिवेशन र दलहरूसँग एकताका लागि वार्ता समिति गठन लगायतका एजेण्डा पनि छन्।
प्रतिकृया