एकीकृत समाजवादीकाे पाेलिटब्युराे बैठक बस्दै, सरकारमा जाने/नजानेबारे निर्णय लिइने
प्रकाशित मिति
२०७९ पुष १८ गते, सोमबार ०९:०५
१८ पुष, २०७९, काठमाडौँ: नेकपा एकीकृत समाजवादीकाे पोलिटब्यूरो बैठक साेमबार बस्दैछ। बैठक आज बिहान ११ बजे पार्टी कार्यालय आलोकनगरमा बस्दैछ । शनिबार र आइतबार गरी दुई दिनसम्म चलेको स्थायी कमिटी बैठकपछि एकीकृत समाजवादीले आज पोलिटब्यूरो बैठक बोलाइएको हो ।
स्थायी कमिटीमा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे दुई धार देखिएपछि बृहत् छलफल गरेर निर्णय लिन पोलिटब्यूरो बैठक बोलाइएको एक पदाधिकारीले जानकारी दिए ।
गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गर्ने/नगर्नेलगायतका विषयमा छलफल गर्न एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको थियो ।
बैठकमा अधिकांश सदस्यले सरकारलाई समर्थन गर्नुपर्ने बताएका थिए ।
प्रचण्डले पाँचदलीय सत्ता गठबन्धन टुटाएपछि एकीकृत समाजवादी अलमल अवस्थामा छ । पार्टी अध्यक्ष माधवकुमार नेपालले प्रचण्डले धाेका दिएकाे बताएका थिए ।
प्रतिकृया