• 11:52 am

प्रधानमन्त्रीको निर्देशनपछि विदेशबाट ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम

प्रकाशित मिति

२०७९ पुष १६ गते, शनिबार १०:०६

१६ पुष, २०७९, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को निर्देशनपछि विदेशबाट फर्किने यात्रुले ल्याउने मोबाइलमा यसअघिकै व्यवस्था कायम भएकाे छ । सरकारले विदेशबाट उपहारमा मोबाइल ल्याउँदा भन्सार विन्दुमा प्रज्ञापनपत्र लिनुपर्ने व्यवस्था तत्कालका लागि स्थगित गरेको हाे ।


भन्सार विभागले विमानस्थल भन्सार कार्यालयलाई आजबाट जारी गर्ने भनिएको त्यस्ता प्रज्ञापनपत्र जारी नगर्न निर्देशन दिएको छ । यसअघि हिजो देखि विदेशबाट आउनेहरुले आफ्नो प्रयोगमा रहेको एउटा मोबाइल स्वघोषणा गरेर निःशुल्क प्रज्ञापनपत्र लिने र दोस्रो मोबाइलको भन्सार शुल्क तिरेर मात्रै प्रज्ञापनपत्र लिने व्यवस्था कार्यान्वयन गरिने भनिएकाे थियाे ।


सरकारले हिजो देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण प्रयोगमा ल्याउँदै विदेशबाट आउने मोबाइल नेपालमा दर्ता गर्नका लागि भन्सार विन्दुमा प्रज्ञापनपत्र दिने व्यवस्था गरेको थियो । तर अब प्रधानमन्त्री प्रचण्डकाे निर्देशनसँगै विदेशबाट फर्किंदा नेपालीहरुले ल्याउने अतिरिक्त एउटा नयाँ मोबाइल सेटमा भन्सार नलाग्ने भएको छ ।

प्रतिकृया