• 12:46 am

प्रदुषण तथा यान्त्रिक चेकिङ्गमा ३८ ओटा सवारी साधन कारवाहीमा

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार ०२:००

१४ पुस २०७९, काठमाडौँ: काठमाडौँको किर्तिपुर र चावहिलमा बुधबार गरिएको विशेष चेकिङका क्रममा यान्त्रिक अवस्था ठिक नभएका तथा अत्याधिक धूँवा फाल्ने ३८ ओटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अत्याधिक धूँवा फाल्ने १५ ओटा र यान्त्रिक अवस्था ठिक नभएका २३ ओटा सवारी साधनका चालक कारवाहीमा परेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभएको छ । वातावरण विभाग बबरमहल तथा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले किर्तिपुमा ४५ ओटा सवारी साधनलाई चेक गर्दा अत्याधिक धूवा फाल्ने १५ ओटा कारवाहीमा परेका हुन् ।

प्रतिकृया