• 12:27 pm

समृद्धि फाइनान्स कम्पनीले १४ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार १२:५९

१४ पुस २०७९, काठमाडौँ: समृद्धि फाइनान्स कम्पनीले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले १४ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि ईच्छुक संस्थापक शेयरधनीलाई निवेदन दिन आग्रह गरेको छ । ईच्छुक संस्थापक शेयरधनीले सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनका लागि आग्रह गरेको हो ।


नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सबैभन्दा पहिला आफ्ना संस्थाप शेयरधनीलाई नै प्राथमिकता दिनुपर्ने भएकाले कम्पनीले ईच्छुक संस्थापक शेयरधनीलाई आवेदन दिन भनेको हो । उक्त शेयरको न्युनतम मुल्य १ सय रुपैयाँ रहेको छ । कम्पनीले तोकेको यस समयभित्र विद्यामान संस्थापक शेयरधनीबाट कुनै निवेदन नआएमा कम्पनीले अन्य व्यक्ति वा संस्थालाई उक्त शेयर विक्री गर्ने जनाएको छ ।

प्रतिकृया