• 7:02 pm

लुम्बिनी जनरल इन्स्योरेन्सको लाभांश घोषणा

प्रकाशित मिति

२०७९ पुष १४ गते, बिहीबार १२:५४

१४ पुस २०७९, काठमाडौँ: लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हिजो पुस १३ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश बीमा प्राधिकरणले स्वीकृति दिएर कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूमा वितरण गरिनेछ ।

प्रतिकृया